www.tandavnews.com
Fact ~ In search of truth

कोभिडः कास्कीमा आज ६६ जनाकाे रिपोर्ट पाेजेटिभ, ३ जनाको मृत्यु

ताण्डव
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ७ सय ७१ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय १२ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

कास्कीमा आज थप ६६ जना नयाँ संक्रमित देखिएको छ । यस्तै पछिल्लो २४ घन्टामा निको हुने संख्या ४ सय ४४ जना रहेको छ । होमआइसोलेसनमा १ हजार १ सय १२ जना रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ६, स्याङ्जा २२, बागलुङ ३, तनहुँ ६, गोरखा ८ र लमजुङ १ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

आज गण्डकी प्रदेशमा ३ जना संक्रमितको ज्यान गएको छ । कास्कीका २ जना र पर्वतको १ जना गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ नै जना पुरुष रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.