www.tandavnews.com
Fact ~ In search of truth

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, सपथ लगत्तै न्यूयोर्क फ्लाइट

ताण्डव

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् । देउवाले बुधबार बिहान खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हो ।

परराष्ट्रमन्त्रीमा सपथ लिए लगत्तै खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री बनेको झण्डै २ महिनापछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

Batas

परराष्ट्रमन्त्रीविहीन अवस्थामा रहँदा अन्तर्राष्ट्रियस्तरमा मुलकको छविमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भए पनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.