www.tandavnews.com
Fact ~ In search of truth

‘डिस्पोजल बक्स’ नहुँदा पोखरामा थन्कियो ५७ हजार डोज भेरोसोल खोप, टिन र घ्यूको बट्टा जुगाड गर्दै महानगर

पोखरा/ताण्डव न्यूज

कोरोना विरुद्धको खोप लगाईसकेपछि बाँकी रहने सिरिञ्ज जहाँतहि फाल्न मिल्दैन । सिरिञ्जलाई सुरक्षित रुपमा डिष्पोज गर्नका लागि छुट्टै डिष्पोजल बक्स हुन्छ । तर पोखरा महानगरमा सोही बक्सको अभाव हुँदा केन्द्रबाट आएको ५७ हजार डोज खोप लगाउन समस्या भएको छ ।

महानगरले सञ्चालन गरिरहेको खोप कार्यक्रम अन्र्तगत पोखराको बुधबार प्रर्दशनी केन्द्रमा पुगेका कतिपय नागरिकहरु खोप नलगाई फर्कनुपर्ने अवस्था भयो । तर खोप पछिको सुई व्यवस्थापनका लागि डिष्पोज गर्ने बक्सको अभावकै कारण खोप कार्यक्रम नरोक्ने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । “खोपसंगै डिस्पोजल बक्स पनि आउनुपर्थ्याे तर यसपटक आएको रहेनछ,” उनले भने, “हामीले स्थानीय स्तरमै पाईने घिउका बट्टा, टिनका टोक्रा प्रयोग गरेर भएपनि खोप त रोक्दैनौँ ।” त्यस किसिमका सेफ्टी बक्सहरु यूनिसेफले सहयोग गर्दै आएको उनले बताए ।

Batas

कास्कीमा आएको ५७ हजार डोज भेरोसेल खोप ४५ वर्ष उमेर समूहभन्दा माथिका व्यक्ति, यसअघि खोप लगाउन छुटेका कक्षा १२को परीक्षा दिने विद्यार्थी र विभिन्न पेशागत समूहका व्यक्तिहरुलाई दिईने पौडेलले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.