www.tandavnews.com
Fact ~ In search of truth

‘सैनिक वार कलेज’मा तालिमरत अधिकृतहरूद्वारा प्रहरी प्रधान कार्यालयको भ्रमण

नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सबै हतियार कमान र स्टाफ कोर्स सिसं ३ का ५० जना अधिकृतबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण भएको छ ।

सो क्रममा उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेस्क र सङ्ग्रहालयसमेतको अवलोकन गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणका क्रममा तालिमरत अधिकृतले नेपाल प्रहरी सङ्गठनको इतिहास एवं कार्य प्रकृतिसम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

नेपाल प्रहरीसम्बन्धी विविध विषयमा तालिमरत अधिकृतले राखेका जिज्ञासाको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताए । आउँदा दिनमा समेत सकारात्मक कार्य सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदानप्रदान हुने उनले उल्लेख गरे ।

Batas

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए । रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.