www.tandavnews.com
Fact ~ In search of truth

पोखरेलीलाई खाद्य कम्पनीको दशैँ मेनु : नुन/चामल/गहुँ, दाल/तेल/च्याङ्ग्रा छैन

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय गण्डकीले दशैँ,तिहार,छठपर्व एवं चाडपर्व लक्षित गरी चामल र गहुँ विक्रीमा छुट दिएको छ ।

पोखराको विरौटा र तनहुँको विमलनगरस्थित कम्पनीले सञ्चालन गरेको गोदाम तथा पसलबाट चामल र गहुँ खरिद गर्नेहरुलाई बजार मुल्यभन्दा प्रति केजी ५ रुपैया छुट दिइएको कम्पनीका सूचना अधिकारी नरनाथ अधिकारीले जानकारी दिए । ‘हामीसंग अहिले गहुँ र चामल छ । गत असोज १ गतेदेखि नै रु ५ छुट दिनेगरी विक्री गर्न सुरु गरिसकेका छौँ,” उनले भने । अहिले गोदाममा बास्मती, स्टिम जिरा मसीनो, सोना मन्सुली, स्टिम सोना मन्सुली, अरुवा मोटा चामल र गहुँ विक्रिका लागि रहेको उनले बताए ।

Batas

उनका अनुसार छुट सहित बास्मती चामलको प्रतिकेजी १ सय ५ रुपैयाँ, स्टिम जिरा मसिनो चामलको ६० रुपैया ६० पैसा, स्टिम सोना मन्सुली चामलको ४६ रुपैैया ३० पैसा, मन्सुली चामलको ५१ रुपैयाँ, अरुवा मोटा चमलको ४२ रुपैयाँ र गहुँको प्रतिकेजी ३१ रुपैयाँ कायम गरिएको छ ।

दाल र तेल किन नराख्नुभएको त ? भन्ने प्रश्नमा उनले भने “हाम्रो योजना त हो तर यसपटक उपभोक्ताको आकर्षण कस्तो हुन्छ हेरेर पछि त्यस विषयमा पनि सोच बनाएका छौँ,” उनले भने, ‘तर अहिले नै तेल र दाल पनि आउँछ भनेर यकिनका साथ भन्न सक्ने स्थितिमा हामी छैनौँ ।”

यद्यपी कम्पनीले काठमाण्डौमा भने दाल, तेल, मासु लगायतका खाद्यान्न पनि विक्रि गर्दै आएको छ । यसपटक मुस्ताङबाट भेडा च्याङ्ग्रा खरिद गर्ने योजना भएपनि सम्भव नभएको उनले बताए ।

कम्पनीको पसलबाट बुधबारसम्म ५० जना उपभोक्ताले सेवा लिएका छन् । “अब विस्तारै सूचना जारी गर्दैछौँ । अहिलेसम्म लगभग ५० जना उपभोक्ताले खाद्यान्न खरिद गर्नुभएको छ” अधिकारीले भने ।

साविकको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी मर्ज भएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नामबाट उपभोक्तालाई सेवा दिन थालिएको हो ।

नेपाल भारत सहयोग कार्यक्रम अन्र्तगत नुनको विक्री वितरणका लागि आधिकारीक कम्पनी साल्ट ट्रेडिङले पनि चाड पर्वलाई ध्यानमा राखेर नुन विक्री गर्दा प्रति किलो २ रुपैया छुट दिएको छ । आफूहरुसंग करिब १० हजार क्विन्टल नुन स्टकमा कम्पनीका सूचना अधिकारी एवं लेखा प्रमुख सागर शेरचनले जानकारी दिए ।

‘अहिले कम्पनीमा नुन र सन्तुर साबुन छ, चिनी आईपुगेको छैन”, उनले भने, ‘विद्युतबाट चल्ने ईन्डक्सन चुल्हो पनि विक्रीका लागि राखेका छौँ । काठमाण्डौबाट चिनी आएको खण्डमा पोखरामा विक्री गर्ने उनले बताए । चिनी आईसकेपछि बजार मुल्यभन्दा २ रुपैँया सस्तोमा विक्री गरिने उनले बताए । ‘हामीले यहाँबाट ७९ रुपैयाँ प्रतिकेजीमा चिनी विक्री गर्ने हो’, उनले भने “ छुट मुल्यको चिनी एकजना उपभोक्तालाई २ केजी मात्र दिन्छौँ ।” उनका अनुसार नुन भने १८ रुपैया प्रतिकेजीमा एक उपभोक्तालाई ६ केजीसम्म उपलब्ध हुनेछ ।

साथै विद्युतबाट चल्ने ईन्डक्सन चुल्हो पनि विक्रीमा राखिएको शेरचनले बताए । “अहिले दुई किसिमका ईन्डक्सन चुल्हो उपलब्ध छन, एउटाको तीन हजार ५ सय र अर्को दुई हजार ६ सय ५० रुपैयाँ पर्छ ।” उनले भने । विद्युतको खपत बढाउन र ग्यासको खपत खटाउन ईन्डक्सन चुल्होलाई प्राथमिकता दिईएको उनले जनाए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.