www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

काठमाडौँ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडबाड नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको संख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेको हो ।

‘चाडबाड मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ’, अध्यक्ष कर्माचार्यले भने ।

Batas

महासंघका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए । ‘यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्यापर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ’, उनले भने । राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारीसाधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासंघले सरकारसँग जोडदार माग गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.