www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी काेराेनाः थप १ सय ६३ जनामा पोजेटिभ रिपोर्ट, ३ संक्रमितको मृत्यु

ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ३१ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ६३ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ५, स्याङ्जा २४, कास्की ८८, तनहुँ ७, गोरखा ९, लमजुङ २६, पर्वत १ र म्याग्दी ३ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका १ सय ६५ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् । आज गण्डकी प्रदेशमा ३ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा कास्की १ र तनहुँका २ जना रहेका छन् ।

देशभर पछिल्लो २४ घन्टामा

पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा आरटिपिसिआर परीक्षण गरिएकोमा ९ सय ४१ जनामा संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९५.० प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घन्टामा १ हजार ३ सय २४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ७२ जना संक्रमितले ज्यान गुमाएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ३ सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय संक्रमित हुने २० हजार ७ सय ४३ जना छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.