www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य रु ६ सयले घट्यो

काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५ सय ५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १ सय ५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु ५ ले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु १ हजार १ सय ५५ मा कारोबार भएकामा आज रु १ हजार १ सय ६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७ सय ५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.