www.tandavnews.com
Fact ~ In search of truth

नेपाली कांग्रेसः सहसचिव पदमा संघर्स कोइरालाकाे उम्मेदवारी

ताण्डव न्यूज

नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा पोखरा महानगर कार्यसमिति सहसचिव पदमा संघर्स कोइरालाले उम्मेदवारी दर्ता गरेका छ्न् । लामोसमय विद्यार्थी राजनीतिमा रहेका कोइराला निवर्तमान नेविसघं कास्कीका सचिव रहेर विद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइसकेका छ्न् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम भएको थियो । बेलायतबाट स्नातक गरेका कोइरालाले हाल एमपीजिडिमा स्नातकोत्तर गर्दैछन् । विद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने कोइरालाले महानगर कार्यसमिति सहसचिवमा दिएको उम्मेदवारी सम्पूर्ण युवाको प्रतिनिधित्व गर्दै दिएको बताए ।

Batas

उम्मेदवारी दर्ता गर्दै कोइरालाले भने ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने प्रतिबद्धतासहित पोखरा महानगर समितिको सहसचिवमा आफूले विजय हुने विश्वास लिएको बताए । साथै कोइरालाले शुभेच्छुकहरु, क्षेत्रीय प्रतिनिधिज्युहरुलाई आफूलाई अमूल्य मत प्रदान गरी युवाहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गरेका छ्न् ।

सम्पूर्णको सहयोग आफूलाई रहेको हुँदा काँग्रेसको महानगर समितिमा विजय भएपछि जिम्मेवार पूर्वक सबै युवाहरुको प्रतिनिधित्व गरेर काम गर्ने र आउने स्थानीय निर्वाचनमा महानगरमा कांग्रेसलाई विजय गराउने गरेर आफूले संगठन निर्माण गर्दै कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मनोनयन दर्ता पछि कोईरालाले भने, ‘मेरो उम्मेदवारी अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, युवा नेतृत्व स्थापित गर्नका निम्ति हो । गतिशील, सबल, सुदृढ संगठन निर्माणका लागि नै मेरो उम्मेदवारी रहेको हुँदा सबै प्रतिनिधिले सहयोग गरी बिजयी बनाउन अनुरोध छ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.