www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा २ हजार १ सय घरमा खानेपानी

सन्तोष गौतम
म्याग्दी

म्याग्दीमा पछिल्लो १ वर्षको अवधिमा २ हजार १ सय घरमा खानेपानी र १ सय ७ हेक्टर जमिनमा सिँचाइ सुविधा बिस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७/७८ मा निर्माण गरेका आयोजनामार्फत खानेपानी र सिँचाइ सुविधा बिस्तार भएको हो । सिँचाइतर्फ १४ वटा प्रादेशिक र ६ वटा सःसर्त अनुदानका, खानेपानीतर्फ २६ वटा प्रादेशिक र १५ वटा सःसर्त अनुदानका, ४ वटा नदी नियन्त्रण तथा आपत्कालीन बाढीपहिरो पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको थियो ।

Batas

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर कुमारबहादुर खड्काले निर्माण भएका १९ वटा खानेपानी आयोजनाबाट २ हजार १ सय घरमा निजी धारा जडान गरी खानेपानी वितरण गरिएको जानकारी दिए । ६ वटा सिँचाइ आयोजनाबाट १ सय ७ हेक्टरमा सिँचाइ सुविधा बिस्तार भएको उनले बताए ।

मंगलाको कुहुँ खानेपानी आयोजनाबाट १ सय १६ घरधुरी, पैँयुपाटामा १ सय १८ घरधुरी, हिदी खानेपानी आयोजनाबाट ३५ घरधुरी, अन्नपूर्णको दोवा खानेपानी आयोजनाबाट २ सय ८० घरधुरी, रघुगंगाको बेगखोला खानेपानी आयोजनाबाट ४ सय घरधुरी, बृहत् चिमखोला भगवती पिप्लेअन्तर्गत पिप्लेमा ६५ घरमा, महतारे कलेजावाङ खानेपानी आयोजनाबाट ५६ घरधुरी, मालिकाको देविस्थान खानेपानी आयोजनाबाट २ सय २१ घरधुरी, मालिकाको सेतखोला बेलीबाट ८८ घरधुरी, बेनीको सिंगा खानेपानी आयोजनाबाट १ सय ८८, ज्यामरुककोट–अर्जम–रत्नेचौर खानेपानी आयोजनाबाट १ सय ३० घरधुरी र निलदह खानेपानी आयोजनाबाट ३ सय १० घरधुरीलाई खानेपानी सुविधा पुगेको छ ।

यसैगरी बेनी नगरपालिका–४ मा निर्माण सम्पन्न भएको बालमखोला सिँचाइ आयोजनाबाट ३० हेक्टर र अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा निर्माण भएको जारखोला सिँचाइ आयोजनाबाट १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने रघुगंगाको रुइसे सिँचाइ आयोजनाको ४ सय ७० मिटर नहर, ४ सय मिटर पाइप जडान, ७ वटा कलेक्सन च्याम्बर र १ वटा विपिटी निर्माण गरेर पानी चलाइएको छ । रघुगंगाको राखु–पिप्ले सिँचाइ आयोजनाबाट ३० हेक्टरमा, बेनी–५ को मूल गोठेला डिही चालिसे सिँचाइ आयोजनाबाट १८ हेक्टरमा, मंगलाको शेराफाँट सिँचाइ आयोजनाबाट ३८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । गत वर्ष ठेक्का सम्झौता भएको अन्नपूर्ण गाउँपालिका–७ को औँला र रघुगंगाको दरमिजा सिँचाइ आयोजनाको मुहान, नहर र पाइपलाइनलगायत संरचना निर्माण भएको छ ।

मंगलाको भाइवाङ, भरजुला, झ्याप्रेखोला तल्लो भैटिनी, रणवाङ, घतानको ढाडी खेत थाकन मूलाबारी सिँचाइ आयोजनामा थप नहर र पाइपलाइन जडान गरेर पानी चलाइएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू भएको भगवतीको एक्लेखोरीया र नागनागेमा ९०÷९० हजार लिटर क्षमताको २ वटा सिँचाइ पोखरी निर्माण भएको छ । ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन भएको म्याग्दीमा खेतीका लागि प्रयोग भएको १९ हजार ४ सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये ५ हजार ९ सय ९८ हेक्टरमा सिँचाइ सुविधा छ । २७ हजार ७ सय ६२ कूल घरधुरी संख्यामध्ये ९० प्रतिशतभन्दा बढी घरमा आधारभूतस्तरको खानेपानीको सुविधा पुगेको छ ।

विद्युत सुविधा नपुगेका ठाउँमा विद्युतीकरणका लागि धौलागिरी गाउँपालिकालाई १ सय २० वटा सौर्य ऊर्जा सेट उपलब्ध गराएको कार्यालयले काठेपोल विस्थापित गर्न २ सय ८३ थान फलामका पोल खरिद गरेर मालिका गाउँपालिकालाई १ सय ९३ र धौलागिरिलाई ९० थान उपलब्ध गराएको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि मालिका र मंगला गाउँपालिकाको हाँडेभिर, बेनी नगरपालिकाको नयाँपुल र बगरफाँटलगायत तटीय क्षेत्रमा ग्यावीयन पर्खाल निर्माण भएको छ । प्राकृतिक चिकित्सालयका रुपमा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड संरक्षणका लागि निर्माण भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.