www.tandavnews.com
Fact ~ In search of truth

मेडिप्लस ट्रमा सेन्टर र पोखराका ३ सहकारीबीच २ वर्षे सेवासुविधा सम्झौता

ताण्डव न्यूज

पोखरा रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले आज पोखराकै ३ सहकारी संस्थासँग २ वर्षे सम्झौता गरेको छ ।

हस्पिटलले उक्त सरकारी संस्थामा आवद्ध विभिन्न कर्मचारीहरुलाई डेन्टल सेवादेखि वेड चार्जसम्म ५ देखि २० प्रतिशतसम्म छुट दिने हस्पिटलका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । सहकारीका सेयर सदस्य, सेयर सदस्यका परिवार तथा कर्मचारीहरुले उक्त सेवा प्राप्त गर्ने अध्यक्ष थापाले बताए ।

Batas

सभागृहस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीलिप न्यौपाने, सभागृहस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरन गुरुङ, सिर्जनाचोकस्थित कश्यप बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीतादेवि सुवेदी र मेडिप्लसका अध्यक्ष रमेशकुमार थापाबीच उक्त २ वर्षे सेवासुविधा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अध्यक्ष पौडेलकानुसार सेवासुविधाका लागि आफू आवद्ध सहकारीको पूर्ण परिचयपत्र खुलाई सो सुविधा लिन पाउने छन् ।

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.