www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढे

ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ७ सय ७० जनामा गरिएको नमुना परीक्षणमा थप १ सय १८ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ४, बागलुङ ३, कास्की ६४, तनहुँ १६, गोरखा १२, लमजुङ २ र पर्वत १ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका १ सय ४१ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ हजार १ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

Batas

देशभर कोभिड अपडेटः

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा आरटिपिसिआर परीक्षण गरिएकोमा १ हजार १ सय ३ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार ५ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय संक्रमित हुने २० हजार २ सय ८७ जना छन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.