www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महाधिवेशनः पोखरा महानगर समितिको मत गणना साँझ ७ बजेबाट

पोखरा, ताण्डव न्यूज

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार कास्कीमा रहेका पालिकाहरुको चुनाव भएको छ । १ महानगर र ४ वटा गाउँपालिका रहेको कास्कीमा आज निर्वाचन भएको हो ।

यसैबीच पोखरा महानगर समितिको नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि ४ बजेसम्म भएको मतदानमा कूल १ हजार ३ सय ४४ मत खसेको छ । १ हजार ३ सय ७० जना मतदाता रहेको महानगरमा २६ जनाले भने मतदानमा भाग लिएनन् । महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Batas

लामो समय पत्रकारिता गरेका गंगाधर पराजुली, पोखरा महानगरको वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, वडा नं ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमाल सभापतिका उम्मेदवार छन् । उपसभापतिमा ६ जनाको उम्मेद्धारी परेको थियो ।

उपसभापतिको उम्मेदवार प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन् । सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन् ।

मतदान सकिएसँगै अब निर्वाचन परिणाम प्रतिक्षित छ । मत गणना भने आज साँझ ७ बजेदेखि सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.