www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा ९ सय ५३ संक्रमित थपिए

काठमाडौँ

नेपालमा पछिल्लो २४ घन्टामा थप ९ सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ५ सय ७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमित १९ हजार ७ सय छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७१ ले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या ७ लाख ५९ हजार ८ सय ७५ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।

Batas

यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३ सय ६३ सघन उपचारकक्ष ‘आइसीयू’, १ सय ९ भेन्टिलेटर, १८ हजार ३ सय ४० होम आइसोलेसन, १ हजार ३ सय ६० संस्थागत आइसोलेसन र २ सय ३७ क्वारेन्टिनमा छन् । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप २ लाख १६ हजार ७ सय २५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३ सय ९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९ सय ४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.