www.tandavnews.com
Fact ~ In search of truth

विश्व फार्मेसी दिवसको अवसरमा बृहत छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

ताण्डव न्यूज
पोखरा

गण्डकी प्रदेश कमिटीले विश्व फार्मेसी दिवसको अवसरमा फार्मेसिस्टहरुसँग बृहत छलफल तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय फार्मेसी संघ, गण्डकी प्रदेशका अध्यक्ष अमृत थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सभासद मिना गुरुङ, विशेष अतिथिमा गण्डकी प्रदेश, स्वास्थ मन्त्रालयका सचिव विनोद विन्दु शर्मा, प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक खिमबहादुर खड्काको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी समिति (एनसिडिए) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डे, गण्डकी अञ्चल शाखाका पूर्व अध्यक्ष रामबहादुर केसी, (एनसिडिए) कास्कीका महासचिव पूर्णकाजी बस्नेतले फार्मेसिस्टहरु औषधीको कारोबार हुने हरेक निकायमा उपस्थिति हुनुपर्ने तथा राज्यले फार्मेसी पेसालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने कुरामा जोड दिएका थिए ।

Batas

औपचारिक कार्यक्रमको समापन पछि नेपाल औषधी व्यवसायी संघ, गण्डकी प्रदेश , प्रदेश स्वास्थ्य निर्देशनालय तथा नेपाल फार्मेसी काउन्सिलका पदाधिकारीहरुसँग उपस्थित फार्मेसिस्टहरुले फार्मेसी पेसाको स्तरउन्नोति सम्बन्धमा छलफल तथा अन्तक्र्रिया गरेका थिए । कार्यक्रममा फार्मेसी पेसाका विज्ञ डा. चन्दन श्रेष्ठ, निशा पराजुली, सन्दिप शर्मा तथा प्रदिप ओझाले यस पेसाका समस्या तथा समाधानका सम्बन्धमा प्रस्तिुतिकरण गरेको थिए ।

कार्यक्रममा करिब १ सय जना फार्मेसिस्टहरुको सहभागिता रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.