www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको १४ औँ महाधिवेशनः पोखरा महानगर सभापतिमा बिजुक्छे विजयी

ताण्डव न्यूज
पोखरा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा बिजुक्छेले ४ सय १४ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी गंगाधर पराजुलीले ३ सय ४६ मत पाएका थिए । पराजुलीसहित ५ प्रतिस्पर्धीलाई हराउँदै विजुक्छे सभापति निर्वाचित भएका हुन् ।

पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३ सय ७० मतदाता रहेकोमा १ हजार ३ सय ४४ मत खसेको थियो । पोखरामा सभापतिका लागि मोहनप्रसादरामराज लामिछानेले, मिलन तिवारीले ,ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि प्रत्यासी थिए ।

Batas

निर्वाचनमार्फत उपसभापतिमा क्रमश प्रयागराज भन्डारी र भवसागर बराल विजयी भएका छन् । उनीहरुले क्रमश ५ सय ६९ र ४ सय ६४ मत ल्याए । सचिवमा टुवराज बास्तोलाले ८ सय ५८ र गणेशबहादुर थापाले ७ सय ८९ मतसहित विजय भएका छन् । संघर्ष कोइराला र सन्जय आले सहसचिवमा निर्वाचित भएका छन् । कोइरालाले ४ सय ६५ मत र आलेले ४ सय ५८ मतका साथ निर्वाचित भएका छन् ।

पोखरा महानगरको निर्वाचनमा कुल १ हजार ३ सय ४४ मत खसेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.