www.tandavnews.com
Fact ~ In search of truth

विश्व फार्मेसी दिवसः फार्मेसी संघ गण्डकीको अन्तरक्रिया सपन्न

पोखरा, ताण्डव न्यूज

नेपाल फार्मेसी सघं गण्डकी प्रदेशको आयोजनामा ‘वर्तमान परिपेक्षमा फार्मेसी पेसाका चुनौती तथा समधान’ विषयमा अन्तरक्रिया कार्यक्रम आईतबार सपन्न भएको छ । गण्डकी प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ ।

कार्यक्रममा विषेश अतिथी औषधी व्यवस्था विभागका पूर्व महानिदेशक गजेन्द्रबहादुर भुजु, अतिथीहरूमा नेपाल मेडिकल एसोसियसन गण्डकीका उपाध्यक्ष कृष्ण रिजाल, एनसिडिए गण्डकीका अध्यक्ष कृष्ण पाण्डे, औषधी थोक व्यवसायी गण्डकीका अध्यक्ष रूद्र मल्ल, एनएमएसआरए गण्डकीका अध्यक्ष दीपक बोहोरालगायतले आफ्नो भनाई तथा अन्तर्राष्ट्रिय फार्मेसी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

Batas

विषेश अतिथी गजेन्द्रबहादुर भुजु, केन्द्रिय अध्यक्ष अमृत खानालले अनलाईनमार्फत आफ्नो भनाई राखेका थिए । कार्यक्रममा फर्मासिस्ट डा. चन्दन श्रेष्ठ, उक्त संस्थाका केन्द्रीय सदस्य महेश्वर पोडेल, शिव विन्दु मल्ललगायतले फार्मेसी पेसाका चुनौती तथा समधानको विषयमा आआफ्नो भनाई राखेका थिए ।

नेपाल फार्मेसी सघं गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष विन्दु मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूवर्ण राज पन्तले गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा फार्मेसिस्टहरुको सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.