www.tandavnews.com
Fact ~ In search of truth

इजरालय रोजगारीमा जान १ हजार ६ सय सिफारिस

काठमाडौँ

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वार्ताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय ‘७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष’ उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा १ हजार ८ सय ३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको संख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वार्ता र लिखित परीक्षा लिइएको थियो ।

Batas

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै २ वर्ष पहिले २ देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३ सय १७ सहभागीमध्ये २ हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १ हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.