www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ

सेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर २ हजार ७५८.४८ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ । कूल २ सय ३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर रु ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० मूल्यमा खरिदबिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ ।

Batas

नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको सेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बीमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बीमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६ सय ५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५ सय, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३ सय १३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २ सय ५०, नेसनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८ सय ९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २ सय ४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा ६.०३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फन्ड एकको ३.४०, सनराइज फस्ट म्युचुअफ फन्डका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए ।

आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेसट फाइनान्स कम्पनी ७.६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.