www.tandavnews.com
Fact ~ In search of truth

विश्व पर्यटन दिवसः ११ वटा देशका राजदूतलाई नौडाँडादेखि पोखरासम्म पदयात्रा गराउने

पोखरा ताण्डव न्यूज

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कोभिड–१९ महामारीकाबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ भन्ने नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । दिवसको अवसर पारेर पदयात्रामा जानका लागि हिजो विभिन्न ११ वटा देशका राजदूत पोखरा पुगेका छन् ।

Batas

४२ औँ विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले उनीहरूलाई कास्कीको नौडाँडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम तय गरेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.