www.tandavnews.com
Fact ~ In search of truth

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने, १ दिनको १ हजार ज्याला

काठमाडौं

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मंगलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज ‘नारा’ का महासचिव शिशिर खनालले जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्ने छन् । १ मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २ सय रिभर गाईड एवं कर्मचारीले काम पाउने छन् । उनीहरुले काम गरेबापत परियोजनाले दैनिक रु १ हजार प्रदान गर्नेछ ।

Batas

नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.