www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा १ हजार २ सय ८२ मा संक्रमण पुष्टि

काठमाडौँ

देशभर पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ८२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार पछिल्लो समय १५ हजार ४ सय ८८ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको संख्या ९० हजार ८ सय ५४ रहेको छ । पछिल्लो समय थप १ हजार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

Batas

हाल नेपालमा १७ हजार ५ सय ३५ होम आइसोलेसन र १ हजार ३ सय १३ जना संस्थागत आइसोलेसन रहेका छन् । त्यसैगरी ३ सय ८५ आईसियू र १ सय २५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको संख्या २ सय ५६ रहेको छ ।

७ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको छ भने पछिल्लो २४ घन्टामा थप ७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय ३ लाख १२ हजार ८ सय ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.