www.tandavnews.com
Fact ~ In search of truth

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, अब मन्त्रिपरिषद् विस्तार

काठमाण्डौँ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारकलाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो खारेज गरेकी हुन्। अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) ले यसअघि लिँदै आएको थियो ।

Batas

संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी सरकारले गएको भदौ १ मा अध्यादेश सिफारिस गरेको थियो । भोलिपल्टै राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै अब एकदुई दिनमै सरकार विस्तार हुने जसपाका नेता रामसहाय प्रसाद यादवले बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने राजनीतिक दलसम्बन्धी अध्यादेशको खारेजीको विरोध गरेको छ । अध्यादेश खारेजले आफ्नो पार्टी फुटाउनका लागि अध्यादेश ल्याइएको पुष्टि भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रालय भागवण्डा टुङ्ग्याउनका लागि सत्ता गठबन्धनका दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकार गठन भएको साढे २ महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूणर्ता पाउन सकेको छैन ।

माधव कुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुङ्ग्याएको भनिए पनि नेताहरूले भने सार्वजनिक रूपमा भनेका छैनन् । नेता विरोध खतिवडाले सरकारमा जाने बारेमा आफ्नो पार्टीमा एक मत भए पनि मन्त्रीहरूको बारेमा निणर्य भइनसकेको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.