www.tandavnews.com
Fact ~ In search of truth

तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

पोखरा/ताण्डव न्यूज

अबको तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, भारतको उडिसामा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ । यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.