www.tandavnews.com
Fact ~ In search of truth

‘रेबिजः तथ्य बुझौँ, त्रसित नहोऔँ’ : आज विश्व रेबिज विरुद्धको दिवस

पोखरा/ताण्डव न्यूज

आज विश्व रेबिजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ ।

सरकारले “रेबिजः तथ्य बुझौँ, त्रसित नहोऔँ” भन्ने नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ । कोरोना महामारीभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै छाडा र घर पालुवा कुकुरले टोकेर दैनिक ६० देखि ८० जना अस्पताल आउने गरेका थिए । तर, पछिल्लो समय कोरोना विशेष अस्पताल बनेपछि त्यहाँ रेबिज खोप लगाउन आउने र कुकुरले टोकेर आउने बिरामीको सङ्ख्या न्यून छ ।

Batas

रेबिज लाग्न सक्ने सम्भावनालाई वेवास्ता गर्दा काठमाडौं उपत्यकामा मात्रै वर्षेनि ४० जनाको मृत्यु हुने गरेको थियो । रेबिज भाइरस नै यो रोगको कारण हो । सङ्क्रमित जनावरको टोकाईपछि रेबिज भाइरस मांशपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा सङ्क्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेबिजबाट सङ्क्रमित हुन पुग्छ ।

चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेबिज लाग्न सक्ने भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । सरकारले रेविजविरुद्धको खोप देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरूमा निः शुल्क उपलब्ध गराएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.