www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा विपक्षी दलका नेताबाट लामिछानेले दिएको राजीनामा फिर्ता

ताण्डव न्यूज

पोखरा

पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले राजिनामा फिर्ता लिएका छन् ।

Batas

गत सोज ११ गते उक्त पदबाट राजीनामा दिएका लामिछानेले आज उक्त राजीनामा फिर्ता लिई नियमिक काममा फर्किएको दलका उपनेता तथा महानगरकै वडा नं ४ का अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा काँग्रेसबाट निर्वाचित ११ जना वडा अध्यक्षहरूको रोहवरमा बसेको बैठकले लामिछानेले दिनुभएको राजीनामाका विषयमा गम्भीर छलफल गरी राजीनमा फिर्ता लिन आग्रह गरिएको उल्लेख छ ।

‘पोखरा र महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट दलको नेता तथा सचेतक पदबाट दिनुभएको राजीनामा फिर्ता लिई नियमित रुपमा कार्यसम्पादनका लागि सामूहिक रूपमा आग्रह गर्दा वडा अध्यक्ष र दलका नेता तथा सचेतक रामराज लामिछानेले आफूले उक्त पदबाट दिएको राजीनामा फिर्ता लिई नियमित कार्यसम्पादनको लयमा फर्किन सहमत हुनुभएकाले सम्पूर्ण पोखरा महानगरवासी नेपाली कांग्रेसजन र सञ्चारकर्मीज्यूहरुमा यो प्रेस विज्ञप्तिमाफत् हार्दिक जानकारी गराउँछौ, ’ विज्ञप्तिमा उल्लेख छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.