www.tandavnews.com
Fact ~ In search of truth

इपिएलमा पोखराको पहिलो जीत

पोखरा, ताण्डव न्यूज

एभेरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जीत निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जीत निकालेको हो । जीतसँगै पोखरा लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखराको जीतमा रिचार्ड लेभिले उत्कृष्ट प्रदर्शन गरेका थिए । लेभिले अभिजित ३८ रन बनाएपछि पोखराले जितसँगै अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।

अन्तिम ओभरमा जीतका लागि ११ रनको आवश्यक रहँदा लेभिले पवन सर्राफको पहिलो बलमै छक्का प्रहार गरे । अर्को बलमा चौका प्रहार गरेका लेभिले तेस्रो बलमा पनि चौका प्रहार गर्दै टिमलाई जीत दिलाएका हुन् । वर्षातका कारण प्रभावित खेल मात्रै ७ ओभरमा झारिएको थियो । टस जितेर राइनोजले बलिङ रोजेपछि व्याटिङका लागि मैदान उत्रिएको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनमात्रै बनाउन सकेको थियो । ललितपुरको तर्फबाट सन्दुन विराकोटीले १९, नारायण जोशीले ११ तथा ओसादा फर्नाण्डोले अभिजित १० रन बनाए ।

Batas

पोखराका बलरहरु नन्दन यादवले ३, विक्रम शोवले २ तथा केसरिक विलियम्सले १ विकेट लिए । पोखराका लागि युवा खेलाडी रित गौतमले १२ रन बनाए । गौतम अजमत्उल्लाह ओमारजाइको बलमा बोल्ड हुन पुगेका थिए । जीतसँगै पोखरा ३ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल वर्षाका पूरा हुन नपाएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.