www.tandavnews.com
Fact ~ In search of truth

ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज ५० अंककाे हरियाली

काठमाडौँ

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५० अंकले बढेको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज हरियाली देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.५८ अंकले उकालो लागेर २ हजार ६६५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अंकले उकालो लागेर ५०३.४६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेको छैन ।

Batas

कूल २ सय २९ कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर रु ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ मा खरिदबिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको सेयर उकालो लागेको छ ।

त्यसमा बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा पर्यटन ३२.९२, विकास बैंक १५०.६८, जलविद्युत् ११७.३४, वित्त १०७.४७, निर्जीवन बीमा २५५.८८, उत्पादन १०३.३६, अन्य ४१.४३, लघुवित्त ८८.०१, जीवन बीमा २१५.३८, सामूहिक लगानी कोष ०.०९ र लगानी २ अंकले वृद्धि भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६७ लाख ५४ हजार ३ सय ७२ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ५९ लाख १९ हजार ४ सय ६५, नेपाल बैंक लिमिटेड रु १६ करोड ५२ लाख ४२ हजार ८ सय ७२, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड ५ लाख ५१ हजार ६ सय ५४ र आइसिएफसी फाइनान्सको रु १५ करोड ३४ लाख ७ सय २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मनकामना स्मार्ट लघुवित्त ९.९३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.६४ र कालिका पावर कम्पनीको सेयरधनीले ९.५० प्रतिशतले कमाए । मेघा बैंक ३.९२, प्राइम बैंकको ऋणपत्र ३.८९, युनिलिभर नेपाल ३.०९, कृषि विकास बैंकको ऋणपत्र २ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.