www.tandavnews.com
Fact ~ In search of truth

एमालेको भोलिदेखि हुने विधान महाधिवेशनको तयारी पूरा

काठमाण्डौँ/ताण्डव न्यूज

नेकपा एमालेले भोलिदेखि हुने विधान महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म चल्ने महाधिवेशनमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पेस हुने एमालेले जानकारी दिएको छ ।

Batas

एमालेले पहिलो पटक आयोजना गर्न लागेको महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा दुई हजार ८ सय ४० जना मात्र अट्ने भएकाले बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमाझण्डै ३ सय स्वयम्सेवक खटिनेछन् । महाधिवेशनमा सहभागी हुन जिल्लाजिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ ।

एमालेले महाधिवेशनबारे जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको महाधिवेशन प्रचार समितिका संयोजक खिमलाल भट्टराईले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.