www.tandavnews.com
Fact ~ In search of truth

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगः स्पोर्टस् क्यासल शीर्ष स्थानमा

कास्की

पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।

क्यासललाई जीत दिलाउने क्रममा खिमराज गुरुङले २ तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान १/१ गोल गरेका थिए । लिगका ६ खेल खेलेको क्यासलको १६ अंक छ । हालसम्म अंक जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ ।

Batas

यसैगरी पहिलो खेलमा शंखमूल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमूलका ६ खेलबाट १४ अंक छन् । शंखमूलको जीतमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गरे । लुम्बिनीका रुपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजयी गराउन सकेनन् । लुम्बिनीका ६ खेलबाट ४ अंक छ ।

बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहन सफल भयो । प्रभातफेरी तालिकाको आठौँ स्थानमा छ । यस्तै ढुकु फुटसल हब सातौँ स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा छ । लिगमा देशका ७ प्रदेशबाट गरी १० टोलीको सहभागिता छ ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु ५ लाख पुरस्कार प्राप्त गर्ने छन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.