www.tandavnews.com
Fact ~ In search of truth

प्रतितोला रु २ सयले घट्यो सुनको मूल्य

काठमाडौं

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २ सयले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९ सयमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७ सय तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २ सय ५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।

Batas

महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु १ हजार १ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु १ हजार १ सय २० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस १ हजार ७ सय ३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.