www.tandavnews.com
Fact ~ In search of truth

बन्दिपुर गाउँपालिकाः बाढीपहिरो पीडितलाई छिमेकीको साथ

तनहुँ

असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिरोले घरबारविहीन भएकालाई सहयोग गरेको छ ।

बाढीपहिरो पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिरोले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसीं थापाले बताए ।

Batas

बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ मा बाढीपहिराले घर भत्किएर घरबिहीन भएका २१ जना चेपाङ समुदायका व्यक्तिलाई जस्तापाता सहयोग गरेको उनले जानकारी दिए । उनले भने, ‘एक घर परिवारलाई करिब रु ४५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेका छौं ।’ गाउँपालिकाले विपद्मा परेकालाई सहयोग गर्न विभिन्न संघसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.