www.tandavnews.com
Fact ~ In search of truth

चौंथो अभियान पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता खुला

ताण्डव न्यूज

पोखरा

अभियान युवा क्लबको आयोजनामा हुन लागेको चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको दोस्रो साताबाट सुरु हुने भएको छ । कात्तिक ११, १२ र १३ गते खेलाइने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको छ ।

Batas

संघसंस्था तथा क्लब स्तरीय उक्त भलिबल प्रतियोगितामा १२ टिममात्र सहभागी गराइने प्रतियोगिता संयोजक तथा क्लबका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार १२ टिमको दर्ता भएपछि दर्ता प्रक्रिया रोकिनेछ ।

रकम संकलन भन्दा पनि युवालाई खेलकुदप्रति आकर्षण गर्न प्रतियोगितालाई नियमित गरिएको र टिम दर्ता शुल्क जम्मा ५ सय राखिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्धित्तीय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेल खेलेका खेलाडी सहभागी हुन नपाउने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि क्लबले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुदलगायतका कार्य गर्दै आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.