www.tandavnews.com
Fact ~ In search of truth

एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै

काठमाण्डौँ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मध्यान्ह्पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार करिब सात हजार प्रतिनिधिको महाधिवेशनमा सहभागिता रहने छ ।

Batas

प्रस्तावित विधान मस्यौदाले ७० वर्ष उमेरहद तोक्ने र दुई पटक पार्टीको कार्यकारी नेतृत्वमा रहने प्रस्ताव गरेकाले त्यसमा पनि थप छलफल गरी निणर्यमा पुगिने सचिव तामाङको भनाइ छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेद न, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा समूहगत छलफल भई निणर्यमा पुग्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.