www.tandavnews.com
Fact ~ In search of truth

माैसम अपडेट: न्यून चापिय क्षेत्रको सामान्य प्रभाव, देशभर आंशिकदेखि सामान्य बदली हुने

पोखरा/ताण्डव न्यूज

भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि परेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ भने गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर समान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । भोलि र पर्सि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.