www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि सुरु हुँदैछ साफ च्याम्पियनसिप फुटबल , दोस्रो खेल ‘नेपाल भर्सेस माल्दिभ्स’

काठमाण्डौँ/ताण्डव न्यूज

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ । राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता छ । लिगमा पाँचै टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

Batas

साफको पहिलो खेलमा श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.