www.tandavnews.com
Fact ~ In search of truth

७८ देशद्वारा संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयनका निम्ति आग्रह

संयुक्त राष्ट्र

डर्बन घोषणा र कार्य कार्यक्रम ‘डिडिपिए’ को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८ देशले बिहीबार आह्वान गरेका छन् ।

ती देशहरूले संयुक्त वक्तव्य जारी गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानता बारे गहिरो चिन्ता व्यक्त गरेका छन् । यस वर्ष डिडिपिएको बिसौं वार्षिकोत्सव हो । यस अवसरलाई राज्य र सरोकारवाला निकायले डिडिपिएको कार्यान्वयन गर्दै जातिवाद, जातीय विभेद, जेनोफोबिया, असहिष्णुता विरुद्धको लडाइँको रूपमा लिनुपर्ने बताइएको छ ।

Batas

सबै मानव जन्मजात स्वतन्त्र र समान छन् र उनीहरूको समाजमा रचनात्मक योगदान गर्ने क्षमता छ भन्ने कुरामा जोड दिँदै वक्तव्यमा भनिएको छ, जातीय श्रेष्ठताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपमा झुटो, नैतिक रूपमा निन्दनीय, सामाजिक रूपमा अन्यायपूर्ण छ र यसलाई खारेज गरिनुपर्छ ।

विज्ञप्तिमा भनिएको छ, नस्लवाद, जातीय भेदभाव, जेनोफोबिया र सम्बन्धित असहिष्णुताको कुप्रभावले समाज आज पनि आक्रान्त छ र यसको अन्त्यका लागि यथाशीघ्र डिडिपिएको कार्यान्वयन हुनुपर्छ ।

अफ्रिकी र अफ्रिकी मूलका मानिसहरू, एशियाली र एशियाली मूलका मानिसहरू र आदिवासीहरू लामो समयदेखि प्रणालीगत नस्लवाद, जातीय भेदभाव र घृणाजन्य अपराधबाट पीडित छन् ।

सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.