www.tandavnews.com
Fact ~ In search of truth

तंग्रिने प्रयासमा मनाङको तालगाउँ (फोटो फिचर)

मनाङ/ताण्डव न्यूज

असार १ गतेको बाढीले प्रभाव पारेको मनाङको नासो गाउँपालिका १ तालगाउँ यतिबेला तंग्रिने प्रयासमा छ । मनाङ प्रवेशको पहिलो गाउँको रुपमा रहेको तालगाउँका स्थानीयहरु अहिले घरभित्र पुरिएका सामानहरु झिक्न र बालुवा तथा ग्रेगर व्यवस्थापनमा व्यस्त छन् । स्थानीय बासिन्दा तथा राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य मदन गुरुङका अनुसार कुल ५६ घरधुरी रहेको सो गाउँमा करिब २२ घरधुरी पूर्ण क्षति भएको थियो । बाँकी रहेको घरधुरीमा आंशिक क्षति पुगेको छ ।

उक्त १ गते आएको बाढीबाट तालगाउँको भानु माविसमेत पूर्ण क्षति भएको थियो । बाढीले भवन भत्काएपछि अहिले सहयोगमा आएको टेन्टमा कक्षा सञ्चालन भइरहेको छ । भानु मावि विद्यालयमा कुल ७२ विद्यार्थी अध्ययनरत छन् । निजीस्तरबाट आएको सहयोग र जनस्तरबाट अहिले फेरी पूननिर्माणको काम अघि बढिरहेको छ । तर सरकारको उपस्थिति भने देखिएको छैन । गण्डकी प्रदेश सरकारले पूर्ण क्षति भएको परिवारलाई जनही २ लाख दिने भने पनि अहिलेसम्म उक्त रकम पाएका छैनन् ।

Batas

बाढीबाट प्रभावित उक्त गाउँलाई हालसम्म प्रतिनिधि सभा सदस्य पाल्देन छोपाङ गुरुङ, राष्ट्रिय युवा संघ नेपाल, नासो समाज अमेरिका, मनाङ वुमेन सोसाइटी, मनाङ मस्र्याङ्दी क्लब, मनाङ समाज, ईन्द्रणी गु्रप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल खेलकुद महासंघ पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङलगायतले खाद्यान्न, लत्ताकपडा, औषधीजन्य सामाग्री तथा टेन्ट सहयोग गरेका थिए । पछिल्लो समय सांसद पाल्देन छोपाङ गुरुङको पहलमा अवरुद्ध रहेको लमजुङको म्यार्दी–मनाङ खोत्रो सडकखण्ड खुलाएका थिए ।

फोटोः ताण्डवकर्मी अर्जुन गाहा (सुशान्त)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.