www.tandavnews.com
Fact ~ In search of truth

पोखराः जग्गा पास गराईदिन्छु भनेर ठग्न खोज्ने पक्राउ

पोखरा, ताण्डव न्यूज

जग्गा पास गराईदिन्छु भन्दै सेवाग्राहीलाई ठग्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला मालपोत कार्यालय कास्की नजिकै लेखापढी व्यवसाय गर्दै आएका पोखरा २३ का मातृका बस्ताकोटी २५ हजार ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडित व्यक्तिले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले बस्ताकोटीलाई पक्राउ गरेको परेको कास्की प्रहरीले जनाएको छ । बस्ताकोटीले एचएमटी सेवा नामको कार्यालयबाट व्यवसायिक लेखापढीको काम गर्दै आएका थिए ।

Batas

बस्ताकोटीलाई हाल कास्की प्रहरीको हिरासतमा राखिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई बताए । ‘पक्राउ गरेर हिरासतमा राखेका छौँ, थप बुझ्दै छौँ’ हमालले भने ।

जग्गा पास गराईदिने भनेर रकम लिएको बताईए पनि कहाँको जग्गा ? कस्तो जग्गा भन्नेबारे अनुसन्धान हुन बाँकी छ । पक्राउ परेका व्यक्तिको साथबाट २५ हजार फेलापरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.