www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः थप १ सय १ संक्रमित, कास्की आज ७२ जनामा संक्रमण पुष्टि

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा १ सय १ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ८ सय ४६ जनामा परीक्षण गरिएको थियो । १ सय १ संक्रमित मध्ये आज कास्कीमा ७२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर पूर्व ४, स्याङ्जा २, बागलुङ ८, कास्की ७२, तनहुँ ३, लमजुङ ६ र गोरखा ६ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ९४ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ हजार ६६ जना होम आइसोलेसनमा रहेका छन् । भने ७ सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज गण्डकीमा मृत्यु शून्य रहेको छ ।

Batas

हालसम्म कास्कीमा कुल संक्रमितको संख्या ३५ हजार २ सय ७९ रहेको छ । निको हुनेको संख्या ३३ हजार ९ सय ५ रहेको छ भने सक्रिय केस ७ सय ८४ रहेको छ । यस्तै हालसम्म कास्कीमा मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.