www.tandavnews.com
Fact ~ In search of truth

भारत कोभिडः एकै दिन २४ हजार संक्रमित

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३ सय ५४ जना संक्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो १ दिनमा २६ हजार ७ सय २७ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा संक्रमितहरूको संख्या घटेको देखिएको छ ।

Batas

यसअघि दैनिक संक्रमितहरुको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या २ लाख ७३ हजार ८ सय ८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या १ सय ९७ दिनपछिकै सबैभन्दा कम हो ।

भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितहरूको संख्या कम हुँदै गएको तथ्यांकले देखाएको छ । दैनिक संक्रमितहरूको संख्याभन्दा दैनिक संक्रमणमुक्त हुनेहरूको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको संख्या कम हुँदै गएको हो । पछिल्लो २४ घन्टामा २४ हजार संक्रमित हुँदा २५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको संख्या ३ करोड ३० लाख ६८ हजार ५ सय ९९ रहेको अधिकारीहरूले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रबार १ दिनमा १ करोड ४२ लाख ९२ हजार ५ सय ४८ जना कोरोना परीक्षण गरिएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९ सय ९० जनाको परीक्षण गरिएको छ ।

एएनआई

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.