www.tandavnews.com
Fact ~ In search of truth

रसुवागढी नाकाबाट १ सय चिनियाँ विद्युतीय कार नेपाल आयात

गत आर्थिक वर्षदेखि हालसम्म करिब ८ सय साना ठूला सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिए

रसुवा

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।

आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार ३ दिनको अन्तरालमा १ सय नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारीसाधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

Batas

आयात भएका कारमा ५ जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारीसाधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारीसाधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।

गत आर्थिक वर्षदेखि हालसम्म करिब ८ सय साना ठूला सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए । ठूलो संख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.