www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा नेपालभर थप ८ सय ६७ मा कोरोना संक्रमण

काठमाडौँ

पछिल्लो २४ घन्टामा ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार २ सय १९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १७ हजार ६ सय ४२ जना पुगेको छ । सो अवधिमा १ हजार १ सय २३ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको सख्या ७ लाख ६७ हजार ८ सय १९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ ।

Batas

यस्तै संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १ सय ५७ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५० सघन उपचारकक्ष ‘आइसियू’, १ सय १२ भेन्टिलेटर, १६ हजार ३ सय ७१ होम आइसोलेसन, १ हजार २ सय ७१ संस्थागत आइसोलेसन र २ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । आज ८३ हजार ३ सय ७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा ७ लाख ९६ हजार ६ सय १८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९ सय २९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.