www.tandavnews.com
Fact ~ In search of truth

साताको सेयर बजारः २६ अर्ब बढीको कारोबार

काठमाडौँ

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा ५ दिन सेयर कारोबार भए । त्यसमा ४ दिन नेप्से परिसूचक ओरालो लाग्यो भने १ दिन मात्रै उकालो यात्रा तय गर्यो ।

झण्डै ३ हजार ३ सय बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर २ हजार ६ सयमा ओर्लेको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि सेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ ।

Batas

एकाध मानिसले ठूलो परिमाणमा सेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ । यस्तै लगानीकर्ताका केही संघ तथा संगठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ । साताभर कूल २ सय ३३ कम्पनीको सेयर कारोबार भयो । साताभर कूल ५ करोड ५२ लाख २२ हजार ६ सय ५७ कित्ता सेयर रु २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६ सय ५४ मूल्यमा खरिदबिक्री भए ।

सेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अंकले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर २ हजार ७५८.४८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो । कूल २ सय ३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर रु ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० मा खरिदबिक्री भए । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा ओर्लियो ।

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको सेयर ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९५ लाख ७३ हजार ६ सय ५५ बराबरको खरिदबिक्री भयो । सोमबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ७३।०५ अंकले ओरालो लागेर २ हजार ६८५.४१ मा ओर्लियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ मा सीमित भयो ।

कूल २ सय २७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर रु ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ मा खरिदबिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको थियो । त्यसदिन १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु १५ करोड ४९ लाख ७१ हजार २ सय ३० बराबरको कारोबार भयो । मंगलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो । त्यसदिन नेप्से ओरालो लागेर २ हजार ६१५.४० मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ मा ओर्लियो । कूल २ सय १८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर रु ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ मा खरिदबिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब ४ करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो । त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा रु १८ करोड ८२ लाख २७ हजार २ सय ९६ बराबरको खरिदबिक्री भयो । बुधबार नेप्से परिसूचक ५०.५८ अंकले उकालो लागेर २ हजार ६६५.९३ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अंकले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन । कूल २ सय २९ कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर रु ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ मा खरिदबिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो ।

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अंकको गिरावट आयो । नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ अंकमा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २ सय २५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर रु ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन ३ उपसमूहको सेयर उकालो लाग्यो भने १० उपसमूहको सेयर ओरालो लाग्यो । सेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड ८ लाख ३० हजारको हाराहारीमा ओर्लियो ।

 

 

rss

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.