www.tandavnews.com
Fact ~ In search of truth

कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्थाको प्रेस संयोजकमा पत्रकार सिग्देल

पाेखरा,ताण्डव न्यूज

पोखरा माहनगरपालिका वडा नं १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्थाको २३ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले पत्रकार शोभाकान्त सिग्देललाई प्रेस संयोजकमा चयन गरेको छ ।

पत्रकार सिग्देल लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर र भद्रकाली माविमा पत्रकारिता अध्यापन गराउँछन् । पत्रकारितामा स्नातकोत्तर सिग्देल पोखरापत्र दैनिकका कार्यकारी सम्पादक हुन् ।

Batas

कोभिड १९ को कारण सिर्जित परिस्थितिलाई मध्यनजर गरी सुरक्षा मापदण्ड अपनाइ गत बुधबारदेखि कोन सहकारीका सभा सुरु भएको थियो । समापन समारोहको कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्थाका मानार्थ सरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले सभाको उद्घाटन गर्दै सवैको सहयोगले सहकारी अगाडि बढ्न सफल भएको चर्चा गरे ।

समय समयमा सामाजिक कार्यसँगै सदस्यहरुलाई अनुभूति हुने क्रियाकलापले संस्थाप्रति सबैको मायाममता रहेको निवर्तमान अध्यक्ष सिग्देलले बताए । कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष जयप्रसाद सापकोटा अनुरोधमा उपाध्यक्ष माधवप्रसाद सिग्देलबाट प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देलको वार्षिक प्रतिवेदन सोही सभाबाट पारित भएको छ ।

सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले धन्यवाद ज्ञापन गर्दै सहकारी स्थापनामा सहभागी व्यक्तिदेखि सबै अग्रजहरुलाई स्मरण गरे । कार्यक्रममा सहकारीका महाप्रबन्धक अपिल कोइरालाले २३ औं वार्षिक साधारण सभामा सुझाव एवं सदस्यबाट आएको जिज्ञासा मेटाउने प्रयास गरे ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, सल्लाहकारद्वय नारायण प्रसाद पराजुली, श्यामकुमार शर्मा, शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद सिग्देल, सेयर सदस्य अर्जुन सिग्देललगायत बोलेको कार्यक्रममा सञ्चालन सचिव शान्तकुमार श्रेष्ठले सञ्चालन र सञ्चालक समितिका सदस्य शारदा पराजुली (सिग्देल) ले सहकारीका सात सिद्धान्तहरु बाचन गरिन् । सभा सकिए लगत्तै सेयर सदस्यरुलाई १८ प्रतिशत लाभांश पनि सहकारीले जम्मा गर्ने काम सुरु गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.