www.tandavnews.com
Fact ~ In search of truth

विरोध प्रर्दशनः स्यानिटरी प्याडमा कर छुट नगरे ! कडा आन्दोलनमा उत्रने चेतावनी

पोखरा, ताण्डव न्यूज

महिला महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडमा लगाएको कर विरुद्ध युथ कांग्रेस नेपाल कास्कीले हिजो पोखरामा विरोध प्रर्दशन गरेको छ । सरकारले स्यानिटरी प्याडमा लागेको ‘रातो कर खारेज गर्’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरेका हुन् ।

निशुल्क वितरण गर्नुपर्ने प्याडलाई उल्टै कर लगाउने कामले स्वास्थ्य माफियाहरु अझ हौसला मिल्ने र प्याड जस्तो संवेदनशिल वस्तुमा कर छुट नगरेमा कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिए । सो क्रममा उनीहरुले महिनावारी सम्बन्धी सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनुपर्ने, महिलाहरुको सहज पहुँचमा पुग्ने गरी सामाग्रीहरुको व्यवस्थापन गर्न माग गरेका थिए ।

Batas

उनीहरुले अन्य दलहरुको भन्दा फरक प्रकृतिले एक घन्टा विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनको क्रममा महिलामा हुने समस्याबारे डेमोसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सुशांक पराजुली, मोनिका बुढाथोकी, श्रृजा पौडेल, रेविना खड्कालगायतले महिलालाई निशुल्क वितरण गर्नुपर्ने सामाग्रीमा कर लगाएर महिलाको अपमान गरेको बताएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.