www.tandavnews.com
Fact ~ In search of truth

प्राइम सहकारीको १२औँ साधारण सभा सम्पन्न, अध्यक्षमा शंकर कार्की

पोखरा ।

प्राइम सहकारी संस्था लिमिटेडको १२औँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको संस्थाको शनिबार सम्पन्न साधारण सभाले शंकर कार्कीलाई अध्यक्ष चयन गरेको छ ।

यस्तै उपध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय र कोषध्यक्षमा सञ्जिव तिमल्सिना चयन भएका छन् । सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्द्यिप अर्याल, रोशन महर्जन र रामजी ध्वजू छन् । संस्थाको लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ चयन भए ।

Batas

साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ । निदेश कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

१ हजार ६ सय सदस्य रहेको सहकारीले कास्कीमा २ वटा सेवा केन्द्र मार्फत सेवा दिदैँ अाइरहेकाे छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.