www.tandavnews.com
Fact ~ In search of truth

पोखराको टब्स ग्रुपले बाँड्यो ३० विपन्न परिवारलाई राहत

पोखरा, ताण्डव न्यूज

कोरोना महामारीबाट रोजगारी गुमाएका तथा कठिन अवस्थामा रहेका ३० घरपरिवारलाई टब्स ग्रुपले शनिबार राहत वितरण गरेको छ ।

कोभिडको महामारीका बेला एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ कास्कीको रुपाकोट गाउँपालिका वडा नं ६ स्थित चिसापानीमा रहेका विपन्न ३० परिवारलाई राहत सामाग्री प्रदान गरिएको ग्रुपका सदस्य शरद गुरुङले जानकारी दिए । प्रतिपरिवार ३० केजी चामल, २ केजी चिनी, २ किलो दाल, १ लिटर खाने तेल र १ केजी नुनसहितको प्याकेज हस्तान्तरण गरिएको गुरुङले बताए ।

Batas

दशैँ पनि नजिकिँदै छ, कोरोनाको महामारीका कारण आर्थिक अवस्था कठिन भएकाहरुलाई हाम्रो गु्प्रका मेम्बरहरु सबै मिलेर थोरै भए पनि सहयोग होस भनेर राहत दिएका हौँ,’ गुरुङले ताण्डवसँग भने । टब्स ग्रुपले आगामी दिनमा पनि सामाजिक काम गर्दै जाने उनले बताए । साथै स्थानीय चिसापानी आमा समूहका लागि पनि ग्रुपले नगद रु १० हजार सहयोग गरेको छ । ‘हामीले त्यहाँको आमा समूहका लागि पनि नगद रु १० हजार प्रदान गर्यौँ गुरुङले भने, सहयोग पछि आमाहरु पनि निकै खुसी हुनुभयो ।’

राहत वितरण्का लागि आयोजित कार्यक्रममा बोल्दै रुपाकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नारायण गुरुङले विपन्न बस्तीमा आएर टब्स ग्रुपले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले महामारीको समयमा युवाहरुले गरेको सहयोगबाट सबैका लागि प्रेरणा भएको उनको भनाई थियो ।

सहयोग वितरणका लागि टब्स ग्रुपका सदस्यहरु शरद गुरुङ, दिपेन पुन, चन्द्र गुरुङ ‘मामा’ लगायतको टोली रुपाकोट पुगेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.