www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा एकै दिन ३० हजारभन्दा संक्रमित

बेलायत

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ संक्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३ सय १ जना संक्रमित थपिएको सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै संक्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Batas

त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र १ सय २१ जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९ सय १० जना पुगेको पनि बताइएको छ । अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जनाभन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।

सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.