www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल

काठमाडौँ

प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा. गंगाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अंक पनि सो अवधिमा प्रकाशन गरेको छ ।

Batas

यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो कोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए । ‘कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ’, उनले भने ।

समारोहमा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पनि सहभागी थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.